सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ

सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ



काठमाडौं । दशैंको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ परेका छन् ।

काठमाडौंको नयाँ बसपार्क, बल्खु, कलङ्की, कोटेश्वरलगायतका ठाउँबाट आज १४ जना पक्राउ परेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए । पक्राउ परेकामध्ये केहीले तोकिएको भन्दा धेरै भाडा लिएका, केहीले नक्कली टिकट बेचेका रहेका उनको भनाइ छ ।

दशैंको समय र खराब सडकलाई कारण देखाएर दोब्बरसम्म भाडा भइरहेको पाइएको पनि ट्राफिक प्रहरीले जनाएको । दशैंको बेला टिकटमा कालोबजारी भएमा नजिकैको प्रहरी वा १०३ नम्बरमा ट्राफिक प्रहरीलाई खबर गर्न प्रहरीले आग्रह गरेकाे छ ।