सिन्धुलीको हरिहरपुरगढीमा उँट भेटियाे

सिन्धुलीको हरिहरपुरगढीमा उँट भेटियाे



काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको छ । मंगलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको हो ।

उँट भेटिए पनि कहाँबाट आएको भन्नेबारे केही नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्द काफ्लेले बताए ।

उँट बस्तीमा देखिएपछि स्थानीय त्रसित भएका छन् भने हेर्नेहरूको पनि उत्तिकै भीड लागेको छ । उँट विशेष गरी मरुभूमिमा पाइने जनावर हो ।