शेयर बजार दोहोरो अंकले बढ्यो, ५ अर्ब ६६ करोडको कारोबार

शेयर बजार दोहोरो अंकले बढ्यो, ५ अर्ब ६६ करोडको कारोबार



काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले बढेको छ । दशैँ बिदापछिको पहिलो दिन हिजो ३१ अंकले बढेको शेयर बजार परिसूचक नेप्से आज ४३ दशमलव २२ अंकले बढेर दुई हजार सात सय ४२ दशमलव ८८ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।

आज विजय लघुवित्त र इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो तीन अर्ब ६ करोडको कारोबार भएकोमा आज तीन सय २० वटा कम्पनीका एक करोड ३२ लाख कित्ता शेयर पाँच अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्स र हिमालयन रिइन्सुरेन्स कम्पनीको समान १५ अर्ब रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।