बार अध्यक्ष घिमिरेसँग सर्वोच्चले माग्यो लिखित जवाफ

बार अध्यक्ष घिमिरेसँग सर्वोच्चले माग्यो लिखित जवाफ



काठमाडौं । अदालतको अवहेलना मुद्दामा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसँग सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चूडालको संयुक्त इजलासले अध्यक्ष घिमिरेलाई सात दिनभित्र आफैं उपस्थित भएर वा वारेसमार्फत लिखित जवाफ पठाउन भनेको हो ।

‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटाका म्यादबाहेक ७ दिनभित्र आफैं वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू भनी आदेश र निवेदनको प्रतिलिपीसमेत साथै राखी विपक्षीको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नू’, आदेशमा भनिएको छ ।