धरानका कार्यवाहक मेयरलाई काम नगर्न अदालतको आदेश

धरानका कार्यवाहक मेयरलाई काम नगर्न अदालतको आदेश



विराटनगर । उच्च अदालत विराटनगरले सुनसरीको धरान उपमहानगरपालिका कार्यवाहक मेयरलाई तत्कालीन अवस्थामा काम नगर्न आदेश दिएको छ ।

मेयर हर्क साम्पाङ बेलायत भ्रमणमा गएपछि धरान ११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई कार्यवाहकको जिम्मेवारी तोकेका थिए ।

तर, कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न अदालतले अल्पकालीन आदेश दिएको छ । विधि विधान विपरीत वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिइएको भन्दै उपमेयर आइन्द्र विक्रम बेघाले अदालतमा रिट दायर गरेका थिए ।

उच्च अदालतका न्यायधीश ध्रुवराज नन्दको इजलासले कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आइतबार आदेश दिएको हो । कार्यवाहक मेयर नातामा साम्पाङका मामा ससुरा हुन् ।