पोखरा एभेन्जर्सले भित्र्यायो दोस्रो विदेशी खेलाडी

पोखरा एभेन्जर्सले भित्र्यायो दोस्रो विदेशी खेलाडी



काठमाडौं । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भित्र्याएको छ ।

पहिलो संस्करणको एनपीएलका लागि पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडीका रूपमा नेदरल्यान्ड्सका अलराउन्डर बास डी लिडेलाई अनुबन्ध गरेको हो । सामाजिक सञ्जालमार्फत पोखरा एभेन्जर्सले लिडेलाई टिममा अनुबन्ध गरेको जानकारी दिएको छ । २४ वर्षीय लिडेले नेदल्यान्ड्सको राष्ट्रिय टिमबाट टी-२० आईका ३५ खेलमा ६९७ रन जोडेका छन् भने ३३ विकेट लिएका छन् ।

यसअघि पोखरा एभेन्जर्सले पहिलो विदेशी खेलाडीका रूपमा अमेरिकन ब्याटर ३० वर्षीय आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।

पोखराको मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल हुन् ।

पोखराले चेन्नई सुपर किंग्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक राजीव कुमारलाई आफ्नो मुख्य प्रशिक्षक बनाएको छ । नेपाल प्रिमियर लिग १५ मंसिरदेखि ६ पुससम्म हुँदै छ ।