पुजाको कप्तानीमा यू १९ टी २० विश्वकप छनोट खेल्ने टिम घोषणा

पुजाको कप्तानीमा यू १९ टी २० विश्वकप छनोट खेल्ने टिम घोषणा



काठमाडौं । यू १९ महिला विश्वकप प्रतियोगिताको एसिया छनोट खेल्ने टिम बुधबार घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार पुजा महतोको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो ।

आगामी नोभेम्बर ४ देखि १४ सम्म यूएईमा हुने प्रतियोगिताका लागि टिम घोषणा गरिएको हो । प्रतियोगितामा नेपाल, कुवेत, यूएई र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।