टी-२० मा नेपालले बनाएको विश्व कीर्तिमान तोडियाे

टी-२० मा नेपालले बनाएको विश्व कीर्तिमान तोडियाे



काठमाडौं । नेपालले टी-२० आईमा बनाएको ३१४ को विश्व कीर्तिमान तोडिएको छ । आइसिसी टी-२० विश्वकप सब रिजनल अफ्रिका छनोटमा टेस्ट राष्ट्र जिम्बाबेले नेपालको उक्त रेकर्ड तोडेको हो ।

नेपालले गत वर्ष चीनमा भएको एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रन प्रहार गर्दै विश्व कीर्तिमान राखेको थियो । तर, उक्त रेकर्ड एक वर्षमै जिम्बाबेले तोडेको हो । उक्त रेकर्ड तोड्नेक्रममा जिम्बाबेले गाम्बियामाथि २० ओभरमा चार विकेट गुमाउँदै ३४४ रन बनायो ।