बंगलादेशसँगको पहिलो टेस्ट दक्षिण अफ्रिकाले ७ विकेटले जित्यो

बंगलादेशसँगको पहिलो टेस्ट दक्षिण अफ्रिकाले ७ विकेटले जित्यो



काठमाडौं । बंगलादेशसँगको पहिलो टेस्ट क्रिकेट दक्षिण अफ्रिकाले ७ विकेटले जितेको छ ।

बंगलादेशले दिएको १ सय ६ रनको लक्ष्य दक्षिण अफ्रिकाले चौथो दिनको खाना समयअघि ३ विकेट गुमाएर भेटायो । दक्षिण अफ्रिकाका टोनी दी जोर्जीले ४१ रन बनाए । बंगलादेशका तैजुल इस्लामले ३ विकेट लिए ।

बंगलादेशले दोस्रो पारीमा मेहदी हसन मिराज र जेकर अलीको अर्धशतकको मद्दतमा ३ सय ७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका कागिसो रबाडाले ६ विकेट लिए ।

यसअघि मिरपुरमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली बंगलादेश १ सय ६ रनमा अलआउट भएको थियो । बंगलादेशका महमुदुल हसन जोएले सबैभन्दा धेरै ३० रन बनाए । दक्षिण अफ्रिकाका कागिसो रबाडा, वीआन मुल्डेर र केशम महाराजले समान ३ विकेट लिए ।

दक्षिण अफ्रिकाले पहिलो पारीमा केले भेरेनेको शतक र वीआज मुल्डेरको अर्धशतकको मद्दतमा ३ सय ८ रन बनाएको थियो । बंगलादेशका तैजुल इस्लामले ५ विकेट लिए ।

बङ्गलादेश र दक्षिण अफ्रिकाबीचको दोस्रो तथा अन्तिम टेस्ट आउँदो मङ्गलवारदेखि चत्तोग्राममा शुरू हुनेछ ।