राष्ट्रपतिद्वारा कतारका लागि राजदूत नियुक्त

राष्ट्रपतिद्वारा कतारका लागि राजदूत नियुक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रमेशचन्द्र पौडेललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले बिहीबार मन्त्रिपरिषदको सिफारसमा रमेशचन्द्रलाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले जानकारी दिए ।