दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, तीन जना घाइते

दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, तीन जना घाइते



बुटवल । दाङको तुलसीपुरमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।

रोल्पाबाट तुलसीपुरका लागि छुटेको रा १ ज ८२२ नम्बरको जीप आज बिहान तीन बजेतिर राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा सडकबाट खसेको हो ।

दुर्घटनामा दाङकै दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय चालक हिरामणी बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर–६ का १९ वर्षीय सुरेश खड्काको ज्यान गएको इलाका प्रहरीका कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

घाइते तीन जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको पनि प्रहरी निरीक्षक थापाले बताए ।