अनुमति नभएको थाई विमान काठमाडौंकाे आकाशमा घुमिरहेपछि…

अनुमति नभएको थाई विमान काठमाडौंकाे आकाशमा घुमिरहेपछि…



काठमाडौं । थाई एयर एसियाको काठमाडौंमा अवतरण अनुमति सकिएको विमान आकाशमा घुमिरहेपछि नेपाल नागरिक उड्डयन प्रााधिकरणले अवतरण अनुमति दिएको छ ।

अवतरण अनुमति सकिएपछि पनि थाई एयर एसियाको विमान काठमाडौं आएको थियो । तर, अवतरण अनुमति नदिँदा विमान नेपालको आकाशमा घुमिरहेपछि अवतरण अनुमति दिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार, थाई एयर एसियाको विमान थाइल्यान्डको बैंककबाट काठमाडौं आएको र यात्रु विमानमा होल्डमा भएपछि अवतरणको अनुमति दिइएको हो ।

महाप्रबन्धक निरौलाका अनुसार, विमानको अवतरण अनुमति अघिल्लो दिन सम्मका लागि मात्रै थियो । उनले भने, “मानवीयताका कारण हामीले अवतरण गर्न दिएका हौँ । अब विमानमाथि कारबाही गर्छौं ।”