भारतविरुद्ध खेल्ने नेपाली टोलीमा एक परिवर्तन

भारतविरुद्ध खेल्ने नेपाली टोलीमा एक परिवर्तन



काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत भारतविरुद्धको सेमिफाइनलमा एक परिवर्तन गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल ६:३० बजेबाट सुरु हुँदैछ । नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले मिडफिल्डर सरु लिम्बूलाई आराम दिएका छन् ।

डिफेन्स लाइन बलियो बनाउन उनले पूजा रानालाई सुरुआती ११ मा उतार्नेछन् । घुँडाको समस्या देखिएपछि पूजाले श्रीलंकाविरुद्धको खेल गुमाएकी थिइन् । लेफ्ट ब्याक हीराकुमारी भुजेल पहिलो खेलमै घाइते भएको हुँदा उनको स्थान रिकभर गर्न राजेन्द्रले पूजालाई सुरुआती ११ मा स्थान दिएका हुन् ।

कप्तान एन्जिला तुम्बापो सुब्बाले गोलपोष्ट सम्हाल्नेछिन् ।

डिफेन्समा पूजासँगै गीता राना, अम‌ृता जैसी र विमला विक छन् । रेनुका नगरकोटे, प्रीति राई, सबिता राना मगर र अमिसा कार्की मिडफिल्डमा छन् भने सावित्रा भण्डारी र रेखा पाैडेल फरवार्ड लाइनमा छन् ।