क्यानेडियन क्रिकेटर निकोलस विराटनगर किङ्ग्समा अनुबन्ध

क्यानेडियन क्रिकेटर निकोलस विराटनगर किङ्ग्समा अनुबन्ध



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किङ्ग्ले क्यानडाका ब्याटिङ अलराउन्डर निकोलस किर्टनलाई अनुबन्ध गरेको छ ।

सोमबार सामाजिक सञ्जालमार्फत विराटनगर किङ्ग्सले २६ वर्षीय क्यानेडियन ब्याटिङ अलराउन्डर किर्टनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । बायाँहाते ब्याटर किर्टनले १८ ‌ओडीआई खेलमा ४९६ रन बनाउनुका साथै ४ विकेट लिएका छन् । यस्तै, २५ टी-२० आईमा किर्टनले ५६४ रन बनाउनुका साथै १ विकेट लिएका छन् ।

विराटनगर किङ्ग्सले ब्याटिङ अलराउन्डर किर्टनले नेपाल प्रिमियर लिगमा राम्रो छाप छोड्ने विश्वास लिएको छ ।

यसअघि विराटनगर किंग्सले ओमानका कप्तान तथा अलराउन्डर अकिब इलियासलाई भित्र्याएको थियो । विराटनगर किङ्ग्सका मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछाने हुन् ।