काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइजी लुम्बिनी लायन्सले अस्ट्रेलियन अलराउन्डर बेन कटिङलाई टिममा आवद्ध गरेको हो ।
पहिलो संस्करणको एनपीएल हुनै लाग्दा टिमहरूले विदेशी खेलाडी भित्र्याइरहेका छन् । सोही क्रममा लुम्बिनीले बेनलाई टिममा आवद्ध गरेको हो ।
३८ वर्ष पुग्नै लागेका बेनले अस्ट्रेलियाका लागि ४ एक दिवसीय अन्तर्राष्ट्रिय र ७ टी- २० आई खेलेका छन् । उनी सनराइजर्स हैदरावाद, मुम्बई इन्डियन्स्, कोलकाता नाइट राइडर्सलगायतमा पनि आवद्ध भइसकेका छन् ।
प्रतिक्रिया