इन्टरपोलबाट रेड नोटिस जारी भएका राई कतारबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका राई कतारबाट पक्राउ



काठमाडौं । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका भोजपुरका गजेन्द्र वान्तवा राई पक्राउ परेका छन् ।

झापा मेचीनगर नगरपालिका-११, धाईजनकी ४८ वर्षीया सर्मिला तामाङको हत्या गरेर फरार भएका राईलाई एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ गरेर मंगलबार नेपाल ल्याइएको हो । राई सर्मिलाका श्रीमान् रहेको प्रहरीले जनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट १ असोज २०८१ मा साविक युँ गाविस-५ का राईविरूद्ध रेड नोटिस जारी भएको थियो ।

राईमाथि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलावारी झापाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।