काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले बढेको छ । हिजो २७ अंकले बढेको शेयर बजार परिसूचक नेप्से आज धनतेरसको दिन ४६ दशमलव ६९ अंकले बढेर दुई हजार ६ सय ९२ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।
आज सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्सुरेन्स र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अंकले बढेको दिन निफ्रा ऊर्जा ऋणपत्रको शेयर भने झन्डै दुई प्रतिशतले घटेको छ ।
आज कारोबार रकम पनि बढेको छ । हिजो पाँच अर्ब ३४ करोडको शेयर कारोबार भएकोमा आज तीन सय १९ वटा कम्पनीका एक करोड ३३ लाख कित्ता शेयर ६ अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनीको २४ करोड रुपैयाँको शेयर किनबेच भयो ।
प्रतिक्रिया