निर्मलालाई न्याय माग्दै प्रदर्शनरत रूबी खानको समूह र सरकारबीच वार्ता

निर्मलालाई न्याय माग्दै प्रदर्शनरत रूबी खानको समूह र सरकारबीच वार्ता



काठमाडौं । निर्मला कुर्मीको न्याय माग्दै प्रदर्शन गर्दै आएको रूबी खानको समूहसँग गृह मन्त्रालयले वार्ता गरेको छ ।

मंगलबार दिउँसो गृह मन्त्रालयको टोली र खानको समूहबीच वार्ता भएको हो । रूबी खानको मागलाई पुरा गरिदिने प्रतिबद्धता व्यक्त गरेसँगै प्रदर्शनसमेत रोक्ने तयारी भइरहेको महिला अधिकार मञ्चका सूचना अधिकारी शेर बागवानले जानकारी दिए ।

रूबी खानसहित १३ जनाको टोली ८२ दिनदेखि प्रदर्शनी गर्दै आएका थिए । सरकारले उनीहरुसँग यसअघि नै चार पटक सहमति समेत गरिसकेको थियो । पाँचौं पटक उनीहरु कुर्मी बेपत्ता प्रकरणको अदालतसम्म पुर्‍याइदिन माग गर्दै प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरूले सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका थिए । उनीहरू गत जेठ २५ गतेदेखि धर्नामा बसेका हुन् ।

निर्मला कुर्मी न्याय माग गर्दै उनीहरू प्रदर्शन गरिरहेका हुन् । कुर्मीलाई लामो समय बन्धक बनाएर हत्या गरिएको उनीहरूको आरोप छ ।