काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज ११ अंकले घटेको छ । लगातार दुई दिन बढेको शेयर बजार आज ११ दशमलव २४ अंकले घटेर दुई हजार सात सय ४८ दशमलव ९६ विन्दुमा झरेको छ ।
आज फाइनान्स, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।
आज गूडविल फाइनान्स कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन गुराँस लघुवित्त, मेन्छियाम हाइड्रोपावर, बेस्ट फाइनान्स र एनएलजी इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ११ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज तीन सय १२ वटा कम्पनीका एक करोड ६७ लाख कित्ता शेयर सात अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
प्रतिक्रिया