काठमाडौं । नागढुंगा सुरुङ मार्गको पश्चिमी पोर्टल अन्तर्गत धादिङ जिल्लाको सिस्ने खोला क्षेत्रमा बिहीबारदेखि राजमार्ग आंशिक रुपमा बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर भोलिदेखि मङ्सिर ५ गतेसम्म सडक अवरुद्ध हुने जानकारी गराएको हो । कार्यालयका अनुसार हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दुईतर्फ सडक हरेक २० मिनेट खुल्ने र त्यसपछिको २० मिनेट बन्द हुनेछ ।
ढलान काट्ने कार्य गर्नुपर्ने भएकाले सडकमा गाडी चलाउन रोक लगाइएकाे हो । एम्बुलेन्सलाई भने रोक नहुने सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले निकालेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया