जुम्ला । जुम्ला उद्योग वाणिज्य संघमा लाेकतान्त्रिक प्यालन विजयी भएकाे छ । कांग्रेस निकट लाेकतान्त्रिक र वाम निकट वामपन्थी प्यानल चुनावी मैदानमा उत्रिएकाे थियाे । जसमा कांग्रेस निकट पुरिचन्द्र देवकोटा अध्यक्षमा निर्वाचित भएका छन् । देवकाेटाले वामपन्थी निकटका भैरबहादुर कठायतलाई पराजित गरेका हुन् ।
निर्वाचन अधिकृत दिलबहादुर महतका अनुसार देवकोटाले २६६ मत प्राप्त गरे भने कठायतले १७९ मत मात्र पाए । प्रथम उपाध्यक्ष डम्मरकुमारी खड्का २६३ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी नन्दराज धितालले १७० मत प्राप्त गरे। उपाध्यक्षमा गणेश रोकाया, महासचिवमा टेकेन्द्र नगरकोटी र कोषाध्यक्षमा देवेन्द्र आचार्य विजयी भए ।
प्रतिक्रिया