काठमाडौं । इंग्ल्यान्डका अलराउण्डर रवि बोपाराले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । उनलाई चितवन राइनोजले अनुबन्ध गरेको हो । चितवनले पाँचौं विदेशी खेलाडीका रुपमा बोपारालाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
चितवनले यसअघि दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मार्चन्ट डे लाङ्ग, इंग्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन, अफगानिस्तानका हसन इसाखिल र नामिबियाका अलराउण्डर जान निकोल लेफ्टी इटनलाई अनुबन्ध गरेको थियो ।
३९ वर्षीय बोपाराले इंग्ल्यान्डका लागि तीन वटै फर्म्याटको क्रिकेट खेलेका छन् । साथै आइपीएलसहितका लिग खेलेका छन् ।
चितवनको मार्की खेलाडीमा कुशल मल्ल र मुख्य प्रशिक्षकमा उमेश पटवाल रहेका छन् । एनपीएल क्रिकेटमा आठ वटा टोली छन् । यो प्रतियोगिता आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म हुँदैछ ।
प्रतिक्रिया