नेपालको बिजुली बंगलादेशमा निर्यात सुरू

नेपालको बिजुली बंगलादेशमा निर्यात सुरू



काठमाडौं । नेपालले बंगलादेशमा बिजुली निर्यात सुरू गरेको छ । शुक्रबारदेखि भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश निर्यात हुन थालेको हो ।

ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले परराष्ट्र मन्त्रालयमा भएको संयुक्त भर्चुअल माध्यमबाट बंगलादेश विद्युत निर्यातको औपचारिक सुरू गरेका हुन् ।

शुक्रबार ४० मेगावाटबाट सुरू हुने निर्यात आगामी वर्षको जुन महिनाबाट नियमित निर्यात गर्ने प्राधिकरणको तयारी छ ।

नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो । विद्युत् निर्यात गर्न भारतको आधिकारिक निकायको अनुमति आवश्यक पर्ने सम्झौतामै उल्लेख छ । सुरुमा १६ कात्तिकदेखि विद्युत् निर्यात गर्ने मौखिक सहमति तीन देशका कम्पनीबीच भएको थियो । त्यसबेलासम्म प्राधिकरणको अनुमति प्राप्त नभएपछि त्यसलाई सारेर २३ कात्तिक शुक्रबारदेखि निर्यात सुरु गर्ने योजना बनेको थियो ।

त्रिदेशीय सम्झौतामा नेपालले १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्नेछ ।