काठमाडौं । नेपाल प्रिमियर लिगका लागि लुम्बिनी लायन्सले वेस्ट इन्डिजका फास्ट बलर रामोन सिमण्ड्सलाई अनुबन्ध गरेको छ ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत लुम्बिनी लायन्सले एनपीएलका लागि चौथो विदेशी खेलाडीका रूपमा रामोनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । २३ वर्षीय बायाँहाते बलर सिमण्ड्सले आईसीसी यु-१९ विश्वकप क्रिकेटमा वेस्ट इन्डिजका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
लुम्बिनी लायन्समा अनुबन्ध भएपछि सिमण्ड्सले एनपीएल खेल्न पाउनु आफ्नो करियरको रोमाञ्चक अध्याय भएको बताएका छन् ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले सिमण्ड्सको आगमनले बलिङ थप बलियो बनेको बताए ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने पहिलो संस्करणको नेपाल प्रिमियर लिग १५ मंसिरदेखि ६ पुससम्म चल्नेछ । एनपीएलमा लुम्बिनी लायन्ससहित आठ फ्रेन्चाइज टिमको सहभागिता रहनेछ ।
प्रतिक्रिया