कैलालीको स्थानीय तह निर्वाचनमा कांग्रेस र एमालेबीच तालमेल

कैलालीको स्थानीय तह निर्वाचनमा कांग्रेस र एमालेबीच तालमेल


ग्लोब नेपाल
243
Shares

कैलाली । प्रमुख दुई सत्ता घटक कांग्रेस र एमालेले कैलालीको स्थानीय तह निर्वाचनमा तालमेल गरेका छन् । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेकपा एमालेले कांग्रेसलाई समर्थन गर्ने भएको छ ।

एमालेले उम्मेदवार नउठाउने र कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको एमाले कैलाली इन्चार्ज नारदमुनि रानाले जानकारी दिए । १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा तालमेल गर्नेबारे कांग्रेस कैलाली सभापति नारायणदत्त भट्ट, एमाले कैलालीका इन्चार्ज रानाबीच सहमति भएको हो ।

कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टीकाकुमारी चौधरी (भुल) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनको प्रस्तावकमा धनगढी उपमहानगर उपप्रमुख एमाले स्थानीय नेतृ कन्दकला राना प्रस्तावक छिन् ।

समन्वय प्रमुख पदम कलेलको निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।