काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति राजमान मानवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कीर्तिपुर अस्पतालनजिक स्थापित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउन उनीसहित केही समर्थक निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । सरसफाइ अभियान चलाउँदै आएका उनीहरूले हातमा कुचोसहितका सामग्री बोकेका थिए ।
आसन्न उपनिर्वाचनका निम्ति आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते मतदान हुँदै छ ।
आजै साँझ ५ देखि ६ बजेसम्म उमेदवारको सूची प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया