हेटौंडा । आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका–१२ को वडा अध्यक्ष पदको लागि नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । गत २०७९ को निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी रहेका कांग्रेसका अर्जुन प्रसाद तिवारीले मनोनयन दर्ता गरेका हुन् ।
उनले सुदर्शनप्रसाद लामाको प्रस्ताव र सरणबहादुर घलेको समर्थनमा मनोनयन दर्ता गरेका हुन् । तिवारी गत २०७९ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार ललित घलानसँग ३१ मतको अन्तरले पराजित भएका थिए ।
तिवारी २०७४ को निर्वाचनमा समेत निकटतम प्रतिद्वन्द्वी रहेका थिए । सो निर्वाचनमा पनि घलानले चुनाव जित्दा तिवारी दोस्रो स्थानमा रहेका थिए ।
प्रतिक्रिया