गोरखा । गोरखाको गोरखा नगरपालिका–५ मा रिक्त रहेको वडा अध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी दर्ता भएको छ ।
वडा अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रका बिष्णु राना, नेपाली कांग्रेसका भाईकाजी आले, नेकपा एमालेका दुर्गा राना, राप्रपा नेपालबाट रुपसिंह राना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंगल बहादुर थापा, राप्रपाबाट कल्पना राना, नेष्नल रिपलिब्लक नेपालबाट सबिना तमाङ, नेपाल समाजवादीबाट रुपेश मग्रती, नेकपा एसबाट खड्क बहादुर भुजेल र मंगोल नेशनल अर्गानाईजेशनबाट भबानी थापा मगरले उम्मेदारी दर्ता गराएका छन् ।
स्थानीय तह उपनिर्वाचन लागि आज आईतबार ५ बजेसम्म उम्मेदारी दर्ता गर्ने समय सकिएको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष खिला बहादुर रानाको गत साल २०८० साल तिहार भाई टिकाको दिन निधन भएपछि अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया