काठमाडौं । नायक दयाहाङ राई विराटनगर किंग्सको ‘गुडविल’ एम्बासडर नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइजीले आइतबार उनलाई एम्बासडरमा नियुक्त गरेको हो ।
अभिनेता राईले एनपीएल नेपाली क्रिकेटमा नयाँ सुरुवात भएको बताए । ‘यसपाली तटस्थ बसेर एनपीएल हेराैँ भन्ने थियो तर, विराटनगरसँग जोडिएको छु’ उनले भने, ‘आफ्नै क्षेत्रको टिमसँग जोडिन पाउँदा खुशी छु ।’
उनले अगाडि थपे, ‘नेपाली क्रिकेट अहिले कहाँ पुगेको छ सबैलाई थाहा छ । क्रिकेटले हामी सबैलाई जोडेको छ ।’
विराटनगरमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने मार्की खेलाडी छन् ।
यस्तै, मुख्य प्रशिक्षकमा आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओब्राइन छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना हुने पहिलो संस्करणको एनपिएल मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुनेछ ।
प्रतिक्रिया