काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. दमननाथ ढुंगानाले सरकार बहुमतको र संसद् विपक्षीको भन्ने विषय स्थापित गराएको बताएका छन् ।
सोमबार सानोगौचरणमा पूर्वसभामुख स्व. ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन पुगेका उनले यस्तो बताएका हुन् ।
ढुंगाना कांग्रेसबाट सभामुख बनेका र निष्पक्ष रूपमा काम गरेका उनले उल्लेख गरे । उनले ढुंगानाले पार्टीलाई अप्ठ्यारो बनाएको महसुस त्यो बेलामा आफूहरूले गरे पनि अहिले आएर त्यस्तो होइन भन्ने भान भएको बताए ।
प्रतिक्रिया