काठमाडौं । नेकपा (एमाले)को पार्टी कार्यालयका लागि भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङले दान दिएको जग्गासम्बन्धी रिटको पेसी हेर्न नभ्याइनेमा परेको छ ।
आज मुद्दाको मेसी न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा परेको थियो । यसअघि आइतबार उक्त मुद्दा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा परेपनि हेर्न नभ्याइनेमा परेर स्थगित भएको थियो ।
सर्वोच्चले जग्गा हस्तान्तरण प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
प्रतिक्रिया