एनपिएलमा ३७ विदेशी खेलाडी सहभागी, सबैभन्दा धेरै इंग्ल्यान्डबाट

एनपिएलमा ३७ विदेशी खेलाडी सहभागी, सबैभन्दा धेरै इंग्ल्यान्डबाट



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न १६ देशका ३७ खेलाडी नेपाल आउने भइसकेका छन् । नेपाल क्रिकेट संघ (क्यान)काे आयोजनामा मंसिर १५ देखि सुरू हुने प्रतियोगितामा केही विदेशी खेलाडीको अन्तिम टुंगो लाग्न बाँकी नै छ ।

आठ टोली सहभागी रहेका लिगमा इंग्ल्यान्डबाट सर्वाधिक ८ खेलाडी छन् । त्यसैगरी अमेरिकाबाट ४ खेलाडीले एनपिएल खेल्नेछन् । पाकिस्तान, वेस्ट इन्डिज, न्युजिल्यान्ड र स्कटल्यान्डबाट ३-३ खेलाडीलाई टोलीहरूले आबद्ध गरेका छन् । २-२ खेलाडी भित्रिने देशमा अफगानिस्तान, नेदरल्यान्ड्स र नामिबिया छन् । भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, ओमान, क्यानडा, युएई र हङकङ गरी ७ देशका १-१ खेलाडीले एनपिएल खेल्नेछन् ।

विदेशी खेलाडीको सूची

विराटनगर किंग्स : अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्यान्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्यान्ड), इस्मल आलम (अफगानिस्तान)

जनकपुर बोल्ट्स : जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), शोएब मक्सुद (पाकिस्तान), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका)

चितवन राइनोज : रवी बोपारा (इंग्ल्यान्ड), मार्चन्ड डे लांग (दक्षिण अफ्रिका), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड)

काठमाडौं गुर्खाज : नाथन सोउटर (इंग्ल्यान्ड), स्टेफन इस्किनाजी (इंग्ल्यान्ड), ड्यान डौथवेट (इंग्ल्यान्ड), माइकल लेभिट (नेदरल्यान्ड्स), जेहार्ड एरासमस (नामिबिया)

पोखरा एभेन्जर्स : आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्यान्ड्स), म्याट क्रिचली (इंग्ल्यान्ड), रेमन राइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्यान्ड)

लुम्बिनी लायन्स : बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज)

कर्णाली याक्स : शिखर धवन (भारत), हुनेस तलात (पाकिस्तान), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज)

सुदूरपश्चिम रोयल्स : ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई)