आन्दोलनलाई चुनावी अभियानमा बदल्ने रास्वपा केन्द्रीय समितिकाे निर्णय

आन्दोलनलाई चुनावी अभियानमा बदल्ने रास्वपा केन्द्रीय समितिकाे निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा जारी राखेको आन्दोलनलाई चुनावी अभियानमा बदलेको छ । उपनिर्वाचन नजिकै आएकोले सडक आन्दोलनलाई चुनावी अभियानमा बिसाउने निर्णय आजको केन्द्रीय समिति वैठकले गरेको हो ।

अब पार्टीका केन्द्रीय नेताहरु चुनावी अभियानमा केन्द्रित हुने र त्यसलाई आन्दोलनको रुप दिने बताइएकाे छ ।

केन्द्रीय सदस्य गणेश पराजुलीले उपनिर्वाचन आउन १० दिनमात्रै बाँकी भएकाले अबको हाम्रो आन्दोलन चुनावी अभियानमा केन्द्रित हुने र केन्द्रीय सदस्यहरुले पार्टीले चुनाव लड्ने २७ वटै स्थानमा खटाउने निर्णय भएको बताए ।

पार्टी बैठकपछि कार्यबाहक प्रवक्ता मनिष झाले पनि स्थानीय निकायको उपनिर्वाचन हुँदै गर्दा उम्मेदवारी दिएका सबै निकाय तह र वडामा पुगेर आफ्नो उपस्थिति जनाउने बताए ।