आज २ बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज २ बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


ग्लोब नेपाल
135
Shares

काठमाडौं, मंसिर ०६ । आज  प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।  यी दुवै बैंकले लाभांश तथा साधारण सभा प्रयोजनको लागि मंसिर ९ गते आइतबार बुक क्लोज गर्नेछ । यस बैंकले मंसिर ६ गतेसम्म कायम रहने सेयरधनीहरुलाई मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५.५० प्रतिशत बोनस सेयर वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस बैंकले मंसिर २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा–पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । 

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस बैंकले मंसिर १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभ आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।