काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन रहेको भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले एमालेलाई जग्गा दिएको विषयमा परेको रिट निवेदन हेर्न नभ्याइनेमा परेको छ ।
न्यायाधीशद्वय डा. कुमार चुडाल र शारंगा सुवेदीको इजलासमा शुक्रबार पेशी चढेको मुद्दामा दुवैपक्षलाई अन्तरिम अलपकालिन आदेशलाई निरन्तरता दिने नदिने भन्ने सम्बन्धमा पेसी तोकिएको थियो ।
गएको कार्तिक १२ गते न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले जग्गासम्बन्धी प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा १० रोपनी १४ आना प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले एमालेको केन्द्रीय कार्यालयको भवन शिलान्यास गरेका थिए ।
सार्वजनिक आलोचनापछि ज्ञानबहादुर बस्नेतसहित व्यक्तिहरूले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
प्रतिक्रिया