प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिए राजीनामा

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिए राजीनामा



काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् ।

सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा भएका बेला अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन् ।

अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएका हुन्। पूर्व सचिव रहेका अधिकारीलाई सभामुख घिमिरेले सचिव नियुक्त गरेका थिए ।