क्याम्पस प्रमुखको हत्याका मुख्य आरोपी पक्राउ

क्याम्पस प्रमुखको हत्याका मुख्य आरोपी पक्राउ


ग्लोब नेपाल
189
Shares

बारा । बारास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहा हत्यामा संलग्न मुख्य आरोपी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले हत्याका मुख्य आरोपी सुरेन्द्र कुशवाहालाई पक्राउ गरिएको जनाएको छ ।

प्रधानाध्यापक कुशवाहाको गत ३२ जेठमा बाराको आदर्शकोतवाल गाउँपालिका–३, बतरामा गोली हानी हत्या भएको थियो । जग्गा विवादमा कुशवाहाको गाेली हानी हत्या भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनले औंल्याएको छ ।

गम्भीर घाइते कुशवाहाले मृत्युअघि आफूमाथि गोली प्रहारमा सुरेन्द्रको संलग्नता रहेको बताएका थिए ।