हेटौंडाका १०२ वर्षीय वृद्धद्वारा मतदान

हेटौंडाका १०२ वर्षीय वृद्धद्वारा मतदान



हेटौंडा । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१२ का एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान गरेका छन् । आइतबार वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा उनले मतदान गरेका हुन् ।

उनले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरूको उत्साहजनक उपस्थिति देखिएको छ । निर्वाचन कार्यालयले दुई वटा मतदानस्थलको व्यवस्था गरेको छ ।