काठमाडौं । स्थानीय तहको रिक्त स्थानमा भएको उपनिर्वाचनको मतगणना जारी छ ।
कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनमा १२ हजार ८७२ मत गनिसक्दा नेपाली कांग्रेसका कृष्णमान डंगोलले मतान्तर बढाएका छन् ।
उनी प्रतिद्वन्द्वी उम्मेदवारभन्दा ६५९ मतले अगाडि छन् । सोमबार साँझको ताजा मतपरिणाम अनुसार डंगोलले ३३८५ मत ल्याएका छन् ।
कीर्तिपुरमा १ देखि ६ वटा वडाको मतगणना गर्दा उनले उक्त मत प्राप्त गरेका हुन् ।
नेकपा एमालेका उम्मेदवारले डंगोललाई पछ्याइरहेका छन् । एमालेका सुरेन्द्र मानन्धरले २७२६ मत ल्याएका छन् ।
जारी मतगणनामा कीर्तिपुर नगरपालिकामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादीका उम्मेदवार शिवशरण महर्जनले २३१७ मत ल्याएका छन् ।
मतगणनामा स्वतन्त्र उम्मेदवारहरू धेरै पछाडि छन् । स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १२०७ मत ल्याएका छन् ।
यस्तै, दिनेशकुमार अधिकारीले ९७५ र कविकुमार महर्जनले ७९४ मत ल्याएका छन् ।
प्रतिक्रिया