काठमाडौं । प्लेअफको गणितीय सम्भावना जिवित राख्दै विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हासिल गरेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार विराटनगरले दिएको १८२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा चितवन ५१ रनले पछि पर्यो ।
चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जम्मा १३० रन मात्रै बनायो ।
चितवनका लागि अमर रौतेलाले ४२ रन, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन जोडे ।
विराटनगरका लागि कप्तान सन्दिप लामिछानेले दुई विकेट लिँदा, बसिर अहमद, सुवास भण्डारी, क्रिस सोल र लोकेश बमले समान एक-एक विकेट हात पारे ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रनको योगफल खडा गरेकाे हाे ।
विराटनगरका लागि बसिर अहमदले विस्फोटक ब्याटिङ गरे । उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरी ६८ रन बनाएर नट आउट रहे ।
राजेश पुलामीले २० बलमा ३३, मार्टिन गप्टिलले ३५ बलमा ४५ रन जोडे । तीबाहे अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ रिजन ढकालले ४० रन खर्चिएर २ विकेट लिए । कुशल मल्ल, सोयल तनवीर बसिल हमिदले एक/एक विकेट लिए ।
प्रतिक्रिया