पत्रकार महासंघको भावी नेतृत्वको किन भएन औपचारिक घोषणा

पत्रकार महासंघको भावी नेतृत्वको किन भएन औपचारिक घोषणा


ग्लोब नेपाल
675
Shares

काठमाडौं । निर्वाचन सम्पन्न भएको ३ दिन बितिसक्दा पनि नेपाल पत्रकार महासंघको भावी केन्द्रीय नेतृत्वको औपचारिक घोषणा अझै पनि हुन सकेको छैन् ।

गत मंसीर २८ गते देशैभरी सम्पन्न भएको निर्वाचन मध्ये एसोसियट, प्रदेश, जिल्लाहरूको मत परिणाम र बिजयी नेतृत्वको नाम सार्बजनिक भइसक्दा पनि केन्द्रको भने अझै हुन नसकेको हो ।

‘अहिले धमाधम मत परिणाम लिस्टिङ भइरहेको छ, रि चेक गर्ने काम पनि भइरहेकाले मत परिणाम आउन ढिलो भएको हो,’ महासचिवका उम्मेदवार रामप्रसाद दाहालले भने, ‘बेलुकासम्म सबै परिणाम घोषणा भइसक्छ ।’ उनका अनुसार मधेस प्रदेश मत गणनामा ढिलाइ हुदाँ रि चेक र एक मुष्ठ बनाउन समय लागेको हो ।

यद्दपी, महासंघको भावी नेतृत्वमा निर्मला शर्मा आउने सुनिश्चित भएको छ । प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानलवाट उठेकी शर्माले महासंघ स्थापनाको ७ दशक पछि महिला नेतृत्वको रूपमा स्थापित हुने भएकी छिन् । उनले आफ्नो निकटतम प्रतिस्पर्धी रमेश बिष्टलाइ पराजित गर्दै महासंघको नेतृत्व लिन लागेकी हुन् ।  

यसैगरी, बरिष्ठ उपाध्यक्षमा दिपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, महासचिवमा रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी लगभग सुनिश्चित जस्तै देखिएको छ । अधिकारीबाहेक प्रमुख पदाधिकारीमा चौतारी र युनियन प्यानलवाट निर्वाचित हुन लागेका हुन् ।