काठमाडौं । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार सबै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।
जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिधेयककाृ सबन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सबन्धित दफाहरुमा छलफल हुनेछ ।
महिला तथा सामाजिक मामिला समितिको बैठकमा आत्महत्या रोकथाम सम्बन्धमा समितिबाट भएको निर्देशन कार्यान्वयन सम्बन्धमा छलफल हुने सचिवालयले जनाएको छ ।
साथै, पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सांसदहरुसँग छलफल हुनेछ । जसका लागि बिहान ११ बजे बैठक बोलाईएको छ ।
प्रतिक्रिया