काठमाडौं । ललितपुरमा चक्कु प्रहारबाट एक जना युवकको हत्या भएको छ ।
ललितपुरको च्यासलस्थित द टाउन क्याफेमा सोमबार राति सुनसरीको इटहरीका २३ वर्षीय नयन गुरुङको हत्या भएको हो । गुरुङको चक्कु प्रहारबाट हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिए ।
गुरुङको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको उनले बताए । उनका अनुसार गुरुङको हत्यामा संलग्न रहेको आरोपमा रेस्टुरेन्टमै काम गर्ने २६ वर्षीय हेमराज भट्ट, २२ वर्षीय जनकबहादुर तामाङ र ४१ वर्षीय पदमलाल भट्ट पक्राउ परेका छन् ।
प्रहरीका अनुसार उनीहरूबीच रेस्टुरेन्टमा बिल तिर्ने विषयमा विवाद भएको थियो ।
प्रतिक्रिया