छविको बयान सकियो, रविको पालै आएन

छविको बयान सकियो, रविको पालै आएन


ग्लोब नेपाल
540
Shares

पोखरा । गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएको छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा उनीसँग न्यायाधीश नितिज राईकाे इजलासले लिएको थुनछेक वयान सकिएको हो ।

हिजोदेखि सुरु भएको छविको वयान मंगलबार सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग थुनछेक वयान सुरु भएको छ ।

अदालत लगिएको भएपनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग आज पनि वयान लिइएको छैन । पछाईको बयान सकिएपछि लामिछानेको पालो आउने बताइएको छ ।