काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकारले संविधान संशोधनको एजेन्डा अघि सार्ने भएको छ । सरकार सञ्चालन सबन्धी कार्यदलको हिजो सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सत्ता गठबन्धन निर्माण हुँदा भएको संविधान संशोधनलगायतका विषयको कार्यान्वयन कसरी अघि बढाउने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
बैठकले सरकारलाई अझ प्रभावकारी बनाउनका लागि प्रयास जारी राख्ने प्रारम्भिक सहमति गरेको बताइएको छ । सरकारको सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन लागि एमाले र कांग्रेसले दुई दलीय संयन्त्र बनाएका हुन् ।
कार्यदलमा सरकारको नेतृत्वकर्ता एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहेका छन भने कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा सदस्य रहेका छन ।
प्रतिक्रिया