भीम रावल एमालेबाट साधारण सदस्यसमेत नरहने गरी हटाए

भीम रावल एमालेबाट साधारण सदस्यसमेत नरहने गरी हटाए


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौँ । नेकपा एमालेले पूर्व उपाध्यक्ष डा. भीम रावललाई पार्टीको सदस्यसमेत नरहने गरी हटाएको छ ।

बुधबार बसेको सचिवालय बैठकले १० औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग भिडेका रावललाई पार्टीमा कुनै ठाउँ नरहने गरी सदस्य सदस्यबाटै हटाएको हो ।

यसैबीच एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ । एमालेको ४ कात्तिकमा बसेको सचिवालय बैठकले ३ जनालाई स्पष्टिकरण सोधेको थियो । पार्टी निर्णय विपरित सार्वजनिक अभिव्यक्ति दिएको भन्दै त्यतिबेला एमालेले स्पष्टिकरण सोधेको हो।