गाेरखा । गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा साढे १० हजार जनाभन्दा धेरै विदेशी पर्यटक घुम्न पुगेका छन् । सन् २०२४ मा १० हजार ६ सय पाँच जना विदेशी पर्यटकले भ्रमण गरेका मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का संरक्षण अधिकृत एवम् सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए ।
यो सङ्ख्या सन् २०२३ को तुलनामा एक हजार चार सय २८ जनाले धेरै हो । सन् २०२४ मा सबैभन्दा धेरै फ्रान्सबाट एक हजार तीन सय ३५ जना विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका छन् । मनास्लु पदमार्गमा घुम्न जाने पर्यटकले नुब्री भ्यालीतर्फ कुल्छुमन ताल, विश्वको आठौं अग्लो मनस्लु हिमाल, वीरेन्द्र तालको अवलोकन गर्दै लार्केपास गरेर मनाङ पुग्न सक्नेछन् । त्यस्तै चुमभ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित शृगी हिमाल, राजेन गुम्बालगायत गुम्बाको अवलोकन गर्न पाउनेछन् ।
मनास्लु क्षेत्रमा प्राकृतिक सौन्दर्यतासँगै पर्यटकले हिमचिुतवा, नाउर, घोरल, डाँफे, मुनाल, चौँरी सामिप्यतामा समेत रमाउने अवसर पाउने गर्दछन् ।
प्रतिक्रिया