यो सत्ता गठबन्धन अब धेरै टिक्दैनः प्रचण्ड

यो सत्ता गठबन्धन अब धेरै टिक्दैनः प्रचण्ड

ओलीले फेरि संसद भंग गर्न सक्छनः माधव नेपाल


ग्लोब नेपाल
540
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन अब धेरै समय नटिक्ने बताएका छन् । सिंहदरबारमा शुक्रबार सञ्चारकर्मीसँग प्रचण्डले कांग्रेस–एमाले गठबन्धन अप्राकृतिक रहेको र अब नचल्ने बताएका हुन् ।

‘यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी छ भन्ने कुरा मैले गम्भीर रूपले संसदमै र बाहिर पनि भनेको तपाईंहरूले सुन्नुभएकै छ’, प्रचण्डले भने , ‘यो अप्राकृतिक गठबन्धन अब चल्दैन ।’ उनले समाजवादी मोर्चालाई फेरि सक्रिय बनाउन लागिएको बताए ।

ओलीले फेरि संसद भंग गर्न सक्छनः माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले फेरि संसद् भंग गर्न सक्ने बताएका छन् ।

सिंहदरबारमा शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले ओलीको फेरि संसद भंग गर्न सक्ने बताएका हुन् । २०८७ सालमा संविधान संशोधन हुन्छ भन्ने ओलीको भनाइको पछाडि फेरि संसद् भंग गर्ने चाहना लुकेको हुन सक्ने उनको भनाइ थियो ।

‘२०८७ सम्म बस्ने उहाँको चाहना होला । चुनावै नगरी बस्ने हो कि ? विगतमा पनि संसद् भंग गरेको मान्छे, फेरि संसद् भंग गरेर ठेलेको ठेल्यै गरेर अर्को ६ वर्ष बसौँला भन्ने सोच्नु भएको छ कि थाहा भएन,’ नेपालले सञ्चारकर्मीसँग भने ।