काठमाडौं । प्रहरीले जग्गा सम्बन्धी ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–४ का एकजना पूर्व वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व वडाध्यक्ष मोहनबहादुर विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) नवराज अधिकारीले जानकारी दिएका छन । विष्ट शनिवार बिहान शंखपार्कबाट पक्राउ परेका हुन् ।
उनी नेकपा (एमाले)का तर्फबाट २०७४ मा वडा अध्यक्ष निर्वाचित भएका थिए । विष्टसहित ३ जनाले धर्मस्थलीमा रहेको जग्गा दिन्छौं भनेर बैना लएको तर, सो जग्गा अरूलाई नै बेचेर ठगी गरेको आरोप छ ।
तारकेश्वर नगरपालिका वडा नम्बर–८ घर भएका राजेन्द्र कोइरालासँग उनीहरूले ७ करोड ८७ लाख रुपैयाँ बैना लिएका थिए । ठगीमा संलग्न तारकेश्वर–८ घर भएकी सुलोचना कँडेल, शान्ति पाठक र रबित विष्ट फरार रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया