शेयर बजार परिसूचक २५ अंकले घटेर २६०९ विन्दुमा

शेयर बजार परिसूचक २५ अंकले घटेर २६०९ विन्दुमा



काठमाडाैं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४१ अंकले घटेर २ हजार ६०९.६७ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, निर्जीवन बीमा, व्यापार समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।

आज न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । नेप्से दोहोरो अंकले घटेको दिन विन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ७ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज ३ सय १ वटा कम्पनीका ८० करोड २१ लाख कित्ता शेयर ३ अर्ब ९९ करोड रुपैयाँमा कारोबार भएको छ ।